Logo

कृषि विकास बैंक लिमिटेडद्वारा वृक्षारोपण कार्यक्रम

काठमाडौं- विश्व वातावरण दिवसको अवसरमा देशका ७ प्रदेश अन्र्तगत ७७ वटै जिल्लामा रहेका बैंकका प्रदेश तथा शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

यस अन्तर्गत बैंकको मुख्य कार्यालयले, काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित समर्पणवस्ती सुधार समितिसँग समन्वय गरी सो क्षेत्रमा विभिन्न जातका बोट विरुवाहरु रोपी वृक्षारोपण कार्य सम्पन्न गरेको छ ।

सो वृक्षारोपण कार्यक्रममा बैंकका उप–महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने र सुदिपकुमार दाहाल, विभागीय प्रमुख सरीता दहाल, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र प्रकाश अर्याल एवं कर्जा सहायक सन्देश भण्डारीको उपस्थिति रहेको थियो ।

यस्तै समपर्णवस्तीको तर्फबाट समितिका अध्यक्ष टुकनाथ ढकाल, पूर्व अध्यक्ष, कार्य समितिका पदाधिकारी, सल्लाहकारहरुलगायत टोलीवासी आम समुदायको उपस्थिती रहेको थियो । वृक्षारोपण कार्यक्रममा बैंकको तर्फबाट वर, पिपल, समी, आँप, लिची, पेन धुपी, मयुर धुपी लगायतका विरुवाहरु रोपिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्