नेप्से परिसूचक घटे पनि कारोबार रकम बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.९९ अंकले घटेर २ हजार ६ सय ४०.९६ विन्दुमा कायम भएको छ ।
बुधबार पाँच अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ९७ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भयो । जलविद्युत् र लगानी बाहेक सबै उप–समूह घट्दा सबैभन्दा धेरै उत्पादन र प्रशोधन उपसमूह एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
बिहीबार ओम मेगाश्रीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । चार वटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरै बढेको छ । समग्र बजार बजार घटेको दिन बिहीबार रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।