Logo

सिद्धार्थ बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा छुट

काठमाडौं– सिद्धार्थ बैंक र विराटनगरमा रहेको गोल्डेन हस्पिटलबीच ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा गोल्डेन हस्पिटलका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंकका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्माले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतापछि बैंकका ग्राहकले गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्