सिटिजन्स बैंक र लाईफ क्युइस्ट क्लिीनिकल ल्याबबीच समझदारी

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याब प्रा.ली.बीच विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लाईफ क्युइस्ट क्लिीनिक ल्याबमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।