Logo

हिमालयन ट्राभल मार्ट सुरु

काठमाडौं– अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौं संस्करण मंगलबारदेखि सुरु भएको छ ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, नेपाल एयरलाइन्स, प्रमुख पर्यटन संघसंस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साझेदार संस्थासँगको सहकार्य यो मार्ट आयोजना गरेको हो ।

मार्टमा ३० बढी देशका एक सयभन्दा बढी विदेशी पाहुना, पर्यटनकर्मीलगायत गरी सात सय प्रतिनिधिको सहभागिता छ । जेठ २२ सम्म मार्ट सञ्चालन हुने जनाइएको छ । सो मार्टअन्तर्गत मंगलबार पहिलो दिन ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयक सम्मेलन आयोजना गरिएको छ ।

कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका गन्तव्यलाई विश्वसामु चिनाएर दिगो पर्यटन विकासका लागि मार्ट उपयोगी हुने बताए ।

मार्ट संयोजक एवं पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तर्राष्ट्रिय स्रोत बजारमा सशक्त सम्बन्ध सन्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटन मार्ट आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्