नेपाल एसबीआई बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड सहयोग

काठमाडौं– नेपाल एसबीआई बैंकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मनौरास्थित रामजानकी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले रामजानकी अधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकलाई सहयोग सामग्री हस्तान्तरण गरे ।
शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम गरिँदै आएको बैंकले जनाएको छ । हाल बैंकले सय शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित इकाइ, ७ प्रादेशिक कार्यालय, एक सय २५ एटीएम र एउटा कर्पोरेट कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।