Logo

केईको ‘ग्रीन ह्वील टू मार्बल हिल्स’ सम्पन्न

काठमाडौं– नेपालका लागि केई गाडीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सद्वारा आयोजित ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ सम्पन्न भएको छ । कम्पनीले मे ३१ मा ‘ग्रीन ह्वील टू मार्बल हिल्स’ शीर्षकमा पर्यावरण सचेतना लक्षित ग्राहक कार्यक्रम आयोजना गरेको हो ।

८० बढी ग्राहक र परिवारका सदस्य सहभागी कार्यक्रमले दिगो गतिशीलता र वातावरणीय उत्तरदायित्वलाई बढावा दिँदै ग्राहक, प्रकृतिप्रेमी एवं दिगोपनको वकालत गर्नेलाई एकजुट बनाएको कम्पनीको भनाइ छ । कम्पनीले केईको थापाथली सोरुमदेखि गोदावरीसम्म गरेको र्‍यालीमा केई एक्सथ्री प्रो, ई–क्युट ०२ र ई–क्युट ०४ मोडल प्रदर्शनी गरिएको थियो । कार्यक्रममा सहभागीले ७० भन्दा बढी रुख रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस्