Logo

एनसेल फाउन्डेसनको सहकार्यमा आइसीटी ज्ञान कार्यक्रम

काठमाडौं– एनसेल फाउन्डेसन र आइसीटी फाउन्डेसनको संयुक्त आयोजनामा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरु भएको छ । देशभर डिजिटल प्रविधि प्रयोग र सचेतना फैलाउने उद्देश्यले देशभरमा डिजिटल साक्षरता कार्यक्रम ‘आइसीटी ज्ञान’ सुरु गरिएको एनसेल फाउन्डेसनले जानकारी दिएको हो ।

कार्यक्रममा विद्यालयका, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण दिइनेछ । यसअन्तर्गत कोसी र मधेस प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । यी प्रदेशको डिजिटल साक्षरता कार्यक्रममा पाँच सय बढी सहभागी थिए ।

एनसेल फाउन्डसेनका अनुसार मोरङ र सुनसरीमा डिजिटल आधारभूत तालिम र साइबर सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । सप्तरी र सर्लाहीमा मोबाइल बैंकिङ र अनलाइन पेमेन्ट प्रणालीको प्रयोग प्रवर्द्धनमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

आइसीटी ज्ञान पहलले डिजिटल रुपान्तरण सचेतना जगाउने र डिजिटल खाडललाई अन्त्य गर्न पुलको काम गर्ने एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् । आइसीटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले डिजिटल विभेद अन्त्य गर्न र सूचना प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो कार्यक्रम लाभदायिक हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्