Logo

ज्योति विकास बैंकको बेबी वार्मर सहयोग

काठमाडौं– ज्योति विकास बैंकले रोल्पास्थित घर्तीगाउँसहितका हेल्थ पोस्टमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मियाको जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्याना कपडा) मेसिन उपलब्ध गराएको छ ।

बैंकले रोल्पाको घर्तीगाउँ, स्याङ्जाको अर्जुनचौपारी र गुल्मीको पुर्तिघाटस्थित हेल्थ पोस्टलाई सामाजिक उत्तरदायित्वअन्तर्गत ती उपकरण उपलब्ध गराएको हो । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकतालाई दृष्टिगत गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर वितरण गर्दै आएको छ ।

बैंकको पहलमा रोल्पाको माडी गाउँपालिका–२ स्थित घर्तीगाउँसहितका हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ। विभिन्न कार्यक्रममार्फत बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले उक्त स्वास्थ्य चौकीका पदाधिकारीलाई बेबी वार्मर हस्तान्तरण गरेका थिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत तीन वटा बेबी वार्मरसहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिन उपलब्ध गराइसकेको छ । बैंकले हाल एक सय २१ शाखा, तीन वटा विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्