Logo

ग्लोबल आईएमई बैंकलाई कर्पोरेट क्रिकेट उपाधि

भैरहवा–नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिको आयोजनामा भएको ‘सुपर सिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट–२०८२’ को उपाधि ग्लोबल आईएमई बैंक भैरहवा शाखाले जितेको छ ।

शनिबार रुपन्देहीको तिलोत्तमा–१७ स्थित एक्स्ट्रा टेक ओभल इन्टरनेसनल क्रिकेट स्टेडियममा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा गरिमा विकास बैंकलाई पराजित गर्दै ग्लोबलले ट्रफीसहित नगद पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ जितेको हो ।

उपविजेता गरिमाले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ । बिहीबारदेखि जारी प्रतियोगितामा बैंक, बीमा, सञ्चार, पर्यटन र अन्य क्षेत्रमा क्रियाशील ३३ कर्पोरेट संस्थाको सहभागिता रहेको नेपाल वित्तिय संस्था कर्मचारी संघ अध्यक्ष तथा टुर्नामेन्ट संयोजक दीपक गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्