ईसेवाबाटै होटल बुकिङ सेवा

काठमाडौं– डिजिटल वालेट ईसेवाले आफ्नो सेवा सूचीमा होटल बुकिङ सेवा थपेसँगै होटल खोज्न र बुक गर्न फोन गर्नुपर्ने, वेबसाइट चहार्नुपर्ने झन्झट हटेको छ । ईसेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने सेवा सञ्चालन गरिएको हो ।
हाल ईसेवाले, देशभर रहेका दुई हजार बढी होटललाई एउटै प्लेटफर्ममा ल्याउँदै प्रयोगकर्तालाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ । अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली–पानीदेखि सरकारी सेवाशुल्क तिर्नेसम्मका कामलाई सहज बनाउँदै आएको ईसेवाले अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको छ।