Logo

राजावादी आन्दोलनबाट प्रहरी नियन्त्रणमा कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राजावादीहरूको आन्दोलनबाट थापालाई नियन्त्रणमा लिएको हो । उनीसहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।

प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ ।

उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ । राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले ‘जनआन्दोलन’ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्