रेमिट्यान्सबाट स्कुललाई कम्प्युटर

शीतगंगा नगरपालिकाका–१४ वडाबाट करिब १० हजार युवा रोजगारीका लागि ३२ देशमा पुगेका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत संगठित भई शीतगंगा सेवा समाज गठन गरी सामाजिक कार्यमा सक्रिय छन् । सबैले मासिक तलब काटेर रकम रकम उठाइ संकलन भएको रकमले विकास निर्माणका काम सुरु गरेका छन् ।
पहिलो चरणमा शीतगंगाका १२ माविमा कम्प्युटर, ल्यापटप र प्रोजेक्टर वितरण गर्न थालेका छन् । अहिलेसम्म सुबोधनी मावि बर्रेमा आठ, जनजागृति मावि सिद्धारामा पाँच, जनज्योतिी मावि ठाडामा दस, शिवादह मावि जुकेनामा आठ र सरस्वती मावि सीतापुरमा चारवटा कम्प्युटर, एउटा ल्यापटप र एउटा प्रोजेक्टर वितरण भएको समाजका अध्यक्ष कमल घिमिरेले बताए । अब बाँकी सातवटा माविमा पनि छिट्टै हस्तान्तरण गरिनेछ । रेमिट्यान्सले सबै स्कुलमा कम्प्युटर र ल्यापटप हुने भएका छन् ।
“पाँच माविमा हस्तान्तरण गर्दा अहिलेसम्म १४ लाख रुपैयाँ खर्च भएको छ,” उनले भने, “सबै रकम चन्दा उठाएर शैक्षिक सामग्री वितरण गरिएको हो ।” सबैजसो स्कुलमा कम्प्युटर छैनन् । त्यसैले पढाइ छैन । विद्यालय स्तरबाटै विद्यार्थीले कम्प्युटर शिक्षा सिकुन भन्ने उद्देश्यले सुरुमा यो कामको थालनी गरिएको उनले बताए ।
विदेशमा रहेकाले आप्mनो परिवारलाई पैसा समाजको कोषमा जम्मा पनि गरेका छन् । विदेशमा रोजगारीमा जाँदा कम्प्युटर जानेकालाई राम्रो कामको अवसर हुन्छ । कम्प्युटर नजान्दा समस्या नहोस् भनेर स्कुलमा वितरण गरिएको उनको भनाइ छ ।
स्कुलले कम्प्युटर मास्टर राखेर अरू शिक्षक र विद्यार्थीलाई सिकाउनुपर्छ । बुधबार प्रदेश सांसद रामजीप्रसाद घिमिरे र शीतगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अघिकारीले संयुक्त रूपमा उक्त सामग्री सरस्वती माविका प्रअ खुमप्रसाद बेल्वासेलाई हस्तान्तरण गरे । कम्प्युटर पाएपछि बेल्वासेले स्कुललाई ठूलो सहयोग पुगेको भन्दै अब शिक्षक र विद्यार्थीलाई कम्प्युटर शिक्षा सिकाउने बताए ।
रोजगारीको लागि विदेशी भूमिका रहेका युवाले मासिक चन्दा संकलन गरी जम्मा भएको रकमले स्कुलमा शैक्षिक सामग्री हस्तान्तरण गरी सम्पन्न भएपछि अन्य विकास, आर्यआर्जन र समृद्धिका काममा लगानी गर्ने समाजका कार्यक्रम संयोजक झनक केसीले बताए । विदेशमा भए पनि आफ्नै गाउँलाई समृद्ध बनाउन युवाहरू सक्रिय छन् ।
शिक्षा, स्वास्थ्यसहित समग्र विकासमा नगर समृद्ध बनाउन समाजमा आबद्ध युवाहरूले ठूलो टेवा पु¥याएको नगर प्रमुख अधिकारीले बताए । पाँच वर्षभित्रमा समृद्धिका कार्यक्रम ल्याएर उत्पादनमा आत्मनिर्भर बनाउन कृषि र पशुमा आधुनिकीकरण गरी विकासमा समृद्ध र नमुना बनाउने खालको नगरसभाबाट बजेट विनियोजन गरेको उनले बताए ।
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले राज्यले गर्न नसकेको काम समाजले गरेर शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण टेवा पु¥याएको बताए । शैक्षिक सामग्रीका लागि स्वदेशमा बस्ने शीतगंगा नगरभित्रका व्यक्तिले पनि आर्थिक सहयोग गरेको सीतापुरका व्यवसायी सचिन बोहराले बताए ।