नेपाल एसबीआई बैंकको डीसीओमा विकास आनन्द नियुक्त

काठमाडौं– नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द नायब प्रमुख कार्यकारी अधिकृत (डीसीओ)मा नियुक्त भएका छन् ।
जेठ १३ देखि लागू हुने गरी आनन्दले नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृतको समेत जिम्मेवारी सम्हालेको बैंकले जनाएको छ ।
हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित इकाइ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र एउटा कर्पोरेट कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।