Logo

कुमारी बैंकको एटीएम र पीओएसमा मास्टर कार्ड स्वीकार्य

काठमाडौं– कुमारी बैंकले एटीएम र पीओएस (पोइन्ट अफ सेल) टर्मिनलमा मास्टर कार्ड स्वीकार गरिने जनाएको छ । डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव दिन देशभरका बैंकका सबै एटीएम तथा पीओएस टर्मिनलमा यस्तो सुविधा उपलब्ध हुने कुमारीले बताएको छ ।

यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताले बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी सहज हुने हुँदा यसबाट व्यापारीलाई पनि लाभ हुने बैंकको विश्वास छ । बैंकले आफ्नो सेवाको दायरालाई विस्तार गर्दै डिजिटल नेपालको अभियानमा विद्युतीय कारोबारमार्फत थप योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्