Logo

एनएमबी बैंक–हिल्टन काठमाडौं सम्झौता

काठमाडौं– एनएमबी बैंक र हिल्टन काठमाडौंबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले होटलमा एनएमबी डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

होटलसँगको सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकको छ । डिजिटल बैंकिङ माध्यमको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय–समय ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याइँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्