कारोबारकर्मी शर्मालाई सहयोग सम्मान

भैरहवा- राष्ट्रिय आर्थिक दैनिक कारोबारका भैरहवास्थित सम्वाददाता मनोरञ्जन शर्मालाई नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान हस्तान्तरण गरिएको छ ।
शुक्रबार भैरहवामा सिद्धार्थ होटल संघ नेपाल (सान)को १९औं स्थापना दिवस एवं सत्कार दिवस अवसरमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सिद्धार्थ होटल संघ नेपाल(सान)का अध्यक्ष एवं होटल संघका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले १ लाख १ हजार राशीसहित सम्मान सहयोग हस्तान्तरण गरेका हुन् ।
सानको प्रेस सल्लाहकारसमेत रहेका शर्माले लामो समयदेखि पर्यटन क्षेत्रको समाचार प्रकाशन र प्रसारणमा योगदानको कदरस्वरुप मूल्यांकनसहित सम्मान गरिएको हो । क्यान्सर उपचाररत शर्मालाई सहयोग पुगोस भन्दै सम्मानस्वरुप आर्थिक सहयोग गरिएको सान अध्यक्ष श्रेष्ठले बताए ।