Logo

कारोबारकर्मी चापागाईं सम्मानित

काठमाडौं- कारोबारकर्मी गोविन्द चापागाईंसहित संचारकर्मी तथा दर्जनौं कलाकारहरु सम्मानित भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका मुलपानीमा शुक्रबारबाट सुरु भएको मुलपानी महोत्सवको अवसर पारेर आयोजक आर्य मिडिया हाउसले चापागाईंलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा पत्रकारहरुमा ऋषि धमला, राजु काफ्ले, लगायत छन् भने वरिष्ठ कलाकारहरुमा सुरेन्द्र खड्का, कुमारमणी गजुरेल, रामचन्द्र अधिकारी दिप श्रेष्ठ लगायत थिए । स्थानीय व्यापार, कला संस्कृतिलाई जोगाउने उद्देश्यले महोत्सव आयोजना गर्नुपरेको आयोजक कपील कार्कीले बताए । महोत्सव जेष्ठ १६ गतेबाट सुरु भई असार १ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्