वरिष्ठ पत्रकार चालिसेको निधन

काठमाडौं- वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको शुक्रबार बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । शुक्रबार नै उनको गोकर्णेश्वर घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
गोरखापत्र संस्थानको अध्यक्ष र गोरखापत्र दैनिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनी प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष चालिसेका कथा, उपन्यास, नियात्रा, पत्रकारिता, बालसाहित्यका ५० पुस्तक प्रकाशित छन् । स्वर्गीय चालिसेका दुई छोरा र एक छोरी छन् ।