ई–सेवाको नयाँ अफर

काठमाडौं– डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवाले ‘बिनाट्रबल पैसा डबल’ अफर सार्वजनिक गरेको छ । योजनाअन्तर्गत अफर अवधिभर ई–सेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक दुई जना भाग्यशाली प्रयोगकर्ताले पाँच हजार रुपैयाँसम्मको डबल क्यासब्याक जित्न सक्नेछन् ।
अफर समाप्तिसँगै थप दुई जना भाग्यमानी प्रयोगकर्ताले बम्पर पुरस्कार स्वरूप एक लाख रुपैयाँ जित्ने कम्पनीले जनाएको छ । जेठ १५ देखि असार १३ सम्म चल्ने अफरमा ई–सेवा डाइरेक्ट, क्युआर स्क्यान वा खाता नम्बरमध्ये जुनसुकै माध्यमबाट बैंक खातामा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारका लागि योग्य रहनेछन् ।
हरेक दिन छनोट गरिने दुई जना भाग्यशाली डबल क्यासब्याक विजेतामध्ये एक जना विजेता नयाँ प्रयोगकर्ताबाट छनोट गरिनेछ । ई–सेवाले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ । डिजिटल भुक्तानी प्रणालीको पहुँच विस्तार गर्दै आर्थिक समावेशीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको दाबी कम्पनीको छ ।