Logo

बजेट परम्पराको निरन्तरता मात्रै हो: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता मात्र भएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको नआएको बताए ।

उनले देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुन:संरचना गर्नुपर्ने भएपनि त्यस स्तरबाट नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्