Logo

आशा जगाउने खालको छैन बजेट निरन्तरतामा सिमित: पूर्वअर्थमन्त्री पुन

काठमाडौं- पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढंगले बजेट नआएको बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट नियमित बजेटको रूपमा आएको जिकिर गरे । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका पुनले गत वर्षको बजेटमा आफूहरूले अर्थतन्त्रका ५ क्षेत्र भनेर उल्लेख गरे पनि अहिलेको बजेटमा क्षेत्र केन्द्रित नभएको बताए ।

पूर्वअर्थमन्त्री पुन गत वर्ष ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको स्मरण गर्दै अहिले सो बारे केही उल्लेख नभएको बताए । उनले गत वर्ष स्टार्टअप लगायतका आइसिटी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै अहिलेको बजेटमा उक्त कुरा छरिएर आएको बताए । उनले सरकारले विद्युतीय गाडीको करलाई यथावत राख्नु भने सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्