Logo

चार रंगशाला निर्माण गर्न ४२ करोड विनियोजन

काठमाडौं- सरकारले खेल पूर्वाधारका लागि बजेटमा उल्लेखनीय वृद्धि गरेको जनाएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै मुलपानी रंगशाला, मोरङको गिरिजाप्रसाद रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि कुल ४२ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

मन्त्री पौडेलले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको बताए । सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद आयोजना सम्पन्न गर्न ५४ करोड रुपैयाँ विनियोजन मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्