रासायनिक मलको अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन
रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्याइने

काठमाडौं- सरकारले रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्याउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासयनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन भएको बताए ।
लगानी बोर्डमार्फत रासयनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने बताए । माटोको गुणस्तर कायम राखि उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।