रुसमा विश्वकै बढी परमाणु हतियार «

रुसमा विश्वकै बढी परमाणु हतियार

मस्को-रुसले विश्वको कुनै पनि कुनामा पुग्न सक्ने क्षेप्यास्त्र बनाएको दावी गरेको छ । यसका साथसाथै रुसले आफ्नो क्षेप्यास्त्रको अगाडि विश्वका कुनै पनि क्षेप्यास्त्र प्रविधि टिक्न नसक्ने दावी समेत गरेको छ । रुसको प्रविधिलाई युरोप र अमेरिकाको विद्यमान शील्ड पनि रोक्न नसकने दावी गरिएको छ । फेडरेसन अफ अमेरिकन साइन्टिस्टका अनुसार परमाणु हतियारको संख्याको मामिलामा रुस सबैभन्दा अगाडि छ । याहाँ आजका दिन सम्म कुन देससँग कति परमाणु हतियार छ भन्ने विषयको जानकारी समेट्ने प्रयास गरिएको छ ।
रुस
परमाणु वारहेड –६८००
फेडरेसन अफ अमेरिकन साइन्टिस्टले डिसेम्बर २०१७ मा परमाणु हतियारलाई लिएर तथ्यांक जारी गरेको थियो । उक्त तथ्यांकका अनुसार रुससँग अनुमानित ६ हजार ८ सय परमाणु हतियार छ । यो मध्ये १ जहार ७ सय १० हतियारलाई रुसले पुरै रणनीतिका साथ फरक फरक स्थानमा तैनाथ गरेको छ ।
अमेरिका
परमाणु वारहेड–६६००
आफ्नो हतियारलाई लगातार घटाउदै जाने योजना बनाएको अमेरिकासँग पनि रुसको बराबरीको हतियार छ । अमेरिकासँग अनुमानित आधारमा ६ हजार ६ सय परमाणु हतियार छ । अमेरिकाले पनि यो हतियार मध्येबाट १ हजार ६ सय ५० हतियारलाई फरक फरक स्थानमा तैनाथ गरेको छ ।
फ्रान्स
परमाणु वारहेड–३००
फेडरेसनको तथ्यांकका अनुसार फ्रान्ससँग अनुमानित ३ सय परमाणु हतियार छ । फ्रान्सले यी हतियार मध्येबाट २ सय ८० हतियारलाई प्राथमिकताका आधारमा तैनाथ गरेको छ ।
चीन
परमाणु वारहेड–२७०
चीनले लगातार आफ्नो परमाणु हतियारको संख्या बढाउदै लगेको मानिदै आएको छ । चीनसँग २ सय ७० रणनीतिक र सामरिक परमाणु हतियार छ । फेडरेसनका अनुसारा चीनले यो मध्येबाट एउटा पनि परिचालन गरेको छैन । यसलाई केन्द्रीय नियन्त्रणमा भण्डारण गरेर राखिदै आएको छ ।
बेलायत
परमाणु वारहेड–२१५
बेलायतसँग परमाणु भण्डारणमा २ सय १५ हतियार छ । यो मुलुकले लगातार आफ्नो भण्डारणमा कमी गर्दै लगेको छ र २०२० को मध्यसम्म २१५ बाट घटाएर १ सय ८० बनाउने लक्ष्य निर्धारण गरेको छ ।
पाकिस्तान
परमाणु वारहेड–१३०–१४०
फेडरेसनको तथ्यांकका अनुसार पाकिस्तानसँग करिब १३०–१४० परमाणु हतियार छ । यो मध्ये १ लाई पनि तैनाथ नगरिएको बताइएको छ । यो दक्षिणी क्षेत्रको भण्डारमा राखिएको छ । फेडरेसनका अनुसार पाकिस्तानले अझैपनि वारहेड बनाइरहेको छ ।
भारत
परमाणु वारहेड–१२०–१३०
यो सूचीमा भारतको नाम साता नम्बरमा रहेको छ । भारतको परमाणु भण्डारणमा करीब १२०–१३० हतियार रहेको छ । यो पाकिस्तानको तुलनामा पनि कम हो । भारतले पनि यो हतियारलाई कहि कतै परिचानलन गरेको छैन । यसलाई केन्द्रीय भण्डारणमै राखिएको छ । पाकिस्तानले जस्तै भारतले पनि अझैपनि थप वारहेडको उत्पादन गरिरहेको छ ।
इजरायल
परमाणु वारहेड–८०
इजरायलसँग करीब ८० परमाणु हतियारको भण्डारण रहदै आएको छ । यो मध्ये एकलाई पनि परिचालन गरिएको छैन । यो मुलुकले १०० देखि २०० सम्मको हतियार निर्माणका लागि पर्याप्त हुने प्लुटोनियमको उत्पादन गरिरहेको छ ।
उत्तर कोरिया
परमाणु वारहेड –१०–२०
गत वर्षको सेप्टेम्बरदेखि आजसम्मको मितीमा यो मुलुकले ६ वटा परमाणु परिक्षण गरिसकेको छ । हालसम्म उत्तर कोरियामा १० देखि २० परमाणु हतियारको उत्पादन भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्