Logo

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेसमा १० प्रतिशत छुट

काठमाडौं– सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एन्ड स्पा बौद्धबीच ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले लाइल्याक वेलनेस एन्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।

सम्झौताले ग्राहकलार्ई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकको छ । बैंकले डिजिटल भुक्तानी प्रयोग बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्