‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक

काठमाडौं– ग्लोबल आइएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकलाई हवाई यात्रा गर्दा विभिन्ना सुविधा दिने गरी ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रूपमा उक्त कार्ड सार्वजनिक गरेका हुन् ।
ग्लोबल स्काई क्लब कार्डवाहकले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनेछन् । यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याकस्वरुप नि:शुल्क टिकट पाइने बैंकले जनाएको छ । ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनस प्राप्त हुनेछ ।
बोनस प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ । कार्डवाहक ग्राहकले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौलभन्दा थप ५ केजी तौल लैजाने सुविधा पाउनेछन् ।