सिटिजन्स बैंक र गोल्डेन हस्पिटल सम्झौता

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल र विराटनगरस्थित गोल्डेन हस्पिटलबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले समय–समयमा डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याइँदै आएको जनाएको छ ।