Logo

सिटिजन्स बैंक–हिल्टन काठमाडौं होटल सम्झौता

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल र नक्सालस्थित हिल्टन काठमाडौंबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौतापछि बैंकका कार्डवाहक, प्रिभिलेज कार्ड वाहक र मोबाइल बैंकिङ ग्राहकले हिल्टन काठमाडौंमा १० प्रतिशत छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्