प्रभु बैंक–इला कम्फर्ट होटल छुट सम्झौता

काठमाडौं– प्रभु बैंक र बाग्लुङ नगरपालिका–२, आवारोडमा रहेको इला कम्फर्ट होटल एन्ड रिसोर्टबीच ग्राहकलाई विशेष छुट दिने व्यावसायिक सम्झौता भएको छ । सम्झौतमा होटलका महाप्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट र क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एन्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत र खाना तथा मनोरञ्जन सेवामा १० प्रतिशत छुट पाउनेछन् । बैंक र होटलबीचको साझेदारीले बागलुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै ग्राहकलाई लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।