अलिशा राईको रोजाइमा ओमोडा ई–फाइभ

काठमाडौं– नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट नयाँ गाडीको रूपमा रोजेकी छन् । उनले विद्युतीय गाडीको यात्रामा नेपाली बजारमै चर्चित ईभी मोडलमार्फत पाइला चालेकी हुन् । ‘लुट २’ उत्कृष्ट दमदार प्रस्तुति दिएर चर्चामा रहेकी अलिशा राई भाषाको फिल्म बिनायोबाट पनि अत्यधिक रुचाइएकी छन् ।
उनले आफ्नो जीवनशैलीमा मेल खाने ओमोडा ई–फाइभ रोजेकी छन्, जुन शक्ति, स्टाइल र टिकाउपनको संयोजन भएको राम्रो गाडी हो । ओमोडा ई–फाइभ लक्जरी र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । यो गाडीले एकपटक चार्ज गर्दा ४३० किमिसम्म यात्रा गर्न सकिन्छ, जसले सहरभित्रको यात्रा होस् वा लामो दूरी । दुवैका लागि भरपर्दाे साथ दिन्छ ।
यो गाडीले ० देखि १०० किमि घन्टा ९.२ सेकेन्डमा पुग्छ भने यसको अधिकतम गति १७२ किमि घन्टा छ, जसले शक्तिशाली र स्मुथ ड्राइभिङ अनुभव दिने कम्पनीले जनाएको छ । आधुनिक प्रविधि, सुरक्षाका उन्नत विशेषता र आकर्षक डिजाइनसहितको ओमोडा ई–फाइभ आजका स्मार्ट चालकको रोजाइ बन्न थालेको छ, जसले अलिशाको जीवनशैलीसँग पूर्ण मेल खान्छ ।
उनको रोजाइले नयाँ पुस्ताका सेलिब्रेटीमा पनि दिगो जीवनशैली र प्रविधिमा लगानी गर्ने सोचको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । ओमोडा जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटो मोबाइल्सले इच्छुकलाई नजिकको सोरुममा आएर टेस्ट ड्राइभ लिन आग्रह गरेको छ ।