महालक्ष्मीको वार्षिकोत्सवमा ३१ महिला उद्यमी सम्मानित

काठमाडौं– महालक्ष्मी विकास बैंकले ३१औं वर्ष प्रवेश अवसरमा महिला उद्यमीलाई देशैभरिका विभिन्न शाखा कार्यालयमार्फत सम्मान गरेको छ ।
गत जेठ ७ मा वार्षिकोत्सव मनाएको बैंकले वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्यसहित महिला उद्यमीलाई सम्मान गरेको हो ।
यसबाट उद्यमशीलतालाई समेत प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास बैंकको छ । बैंकले वार्षिकोत्सव अवसरमा जेठ ६ मा देशभरका १० वटा शाखा र बैंक मुख्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो ।
स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले बैंकले वार्षिकोत्सव अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । जेठ ७ मा केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्था उजागर गर्न कर्मचारीले स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भएर प्रहसन गरेको बैंकले जनाएको छ ।