Logo

कारोबारकर्मी शर्मा सम्मानित

भैरहवा– कारोबार दैनिकका भैरहवा संवाददाता मनोरञ्जन शर्मा सम्मानित भएका छन् । रुपन्देहीलाई कार्यक्षेत्र बनाई जिल्लाको समग्र विकासमा सकारात्मक ढंगले पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान गरेको सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले शर्मालाई नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो ।

शर्मालाई प्रथम माननीय कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वगृहमन्त्री सन्तोषकुमार पाण्डेय, सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरिबहादुर विष्टले सम्मानित गरेका हुन् । शर्मा कारोबार दैनिक स्थापनाकालदेखि नै भैरहवा क्षेत्रबाट संवाददाताका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्