Logo

रिलायबल लाइफद्वारा २० लाख दाबी भुक्तानी

काठमाडौं– रिलायबल लाइफ इन्स्योरेन्सले घातक रोगबापतको २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । २०७७ चैतमा कम्पनीको हाकिम चोक शाखा भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधि रहने गरी २० लाख रुपैयाँको जीवन बीमालेख खरिद गरेका भरतपुर–३ का महेश बानियाँलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

बीमितले तीन किस्ता मात्र बीमाशुल्क भुक्तानी गरेको अवस्थामा गत २०८० वैशाख २ मा पुरानो मेडिकल कलेज भरतपुरमा सामान्य चेकजाँचका क्रममा कलोजोसम्बन्धी समस्या देखा परेको थियो । त्यसपछि थप उपचारका लागि उनलाई मेडिसिटी अस्पताल, काठमाडौंमा लगिएको र डाक्टरको सल्लाहबमोजिम कलेजो प्रत्यारोण गरिएको थियो ।

नेपालमा अत्यन्तै महँगो उपचार पद्धतिमध्यको कलेजो प्रत्यारोपणका लागि झन्डै ४० लाखसम्म खर्च लाग्ने गर्छ । कम्पनीका हाकिमचोक शाखामा शाखा प्रमुख राजकुमार दाहालले उक्त दाबी रकम २० लाखको चेक बीमितलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्