ज्योति विकास बैंकको मोबाइल बैंकिङ एपबाट हवाइ टिकट खरिदमा ५ सय क्यासब्याक

काठमाडौं- ज्योति विकास बैंकले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरुले पाँच सय रूपैयाँ क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन् । देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा पाँच सय रूपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ ।
ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा ‘ज्योति५००’ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ । यस अभियान जेठ ९ गतेदेखि सिमित अवधिका लागि लागू हुनेछ । अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ ।