नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं २५ स्थित श्री बालकल्याण अधारभूत विद्यालय, हेमजामा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीले श्री बालकल्याण अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेशकुमार पंडा, प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, सहायक महाप्रबन्धक, अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।