आठ अध्यादेश सर्वसम्मतिले पारित

विराटनगर- कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पेस गरेको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सर्वसम्मतिले पारित भएको छ ।
यसरी पारित भएका अध्यादेशमा सार्वजनिक निजी साझेदारी ऐन–२०७६, प्रदेश सहकारी ऐन–२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६, भवन ऐन–२०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन–२०७७, प्रदेश पर्यटन विकास ऐन–२०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन–२०७७ र प्रदेश वन ऐन–२०७७ समेत गरी आठवटा छन् ।