Logo

कारोबारकर्मी निरौला सम्मानित

बिर्तामोड– कारोबार राष्ट्रिय आर्थिक दैनिकका झापा संवाददाता तुलसीप्रसाद निरौला इलामको श्रीअन्तुमा सम्मानित भएका छन् ।

चलचित्र पत्रकार संघ नेपालको २६औं वार्षिकोत्सव अवसरमा इलामको सूर्याेदय नगरपालिका–५ श्रीअन्तुमा आयोजना गरेको २३औं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेलामा कारोकारकर्मी निरौलालाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट सम्मान गरिएको हो ।

निरौलालाई मोफसलमा रहेर चलचित्र पत्रकारिताको माध्यमद्वारा चलचित्रको प्रचारप्रसार र प्रवर्द्धन गरेको भन्दै २५ हजार रुपैयाँ राशीको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिएको चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटाले बताए ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले निरौलालाई पुरस्कार प्रदान गरेका थिए । विगत २५ वर्षदेखि पत्रकारितामा संलग्न निरौला स्थानीय बिर्ताज्योति साप्ताहिकका सम्पादकसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्