Logo

नागरिक लगानी कोष–अभिलेख विभाग सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरे ।

सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले उपलब्ध गराउने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाटै हुनेछ । यसबाट आवास/सरल कर्जासम्बन्धी कार्य छिटोछरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषको छ।

प्रतिक्रिया दिनुहोस्