Logo

हाम्रो पे–नबिल बैंक सम्झौता

काठमाडौं– मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट हाम्रो पे र नबिल बैंकबीच ग्राहकलाई थप सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापछि बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिनेछ ।

सुविधाअन्तर्गत बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङबाटै केही सेकेन्डमा हाम्रो पे वालेटमा पैसा पठाउन सक्नेछन् । हाम्रो पेले दिँदै आएको क्यास ब्याक र अफरको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल सुरक्षित बनाउने विश्वास लिइएको बैंकले बताएको छ । बैंकका ग्राहकका लागि हाम्रो पेबाट कार्डरहित रूपमा रकम बैंकको एटिएमबाट निकाल्न सकिने सुविधा पनि चाँडै सुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्