आइएमई लाइफका सेवाग्राहीलाई काठमाडौं टेक्निकल स्कुलमा छुट

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई काठमाडौं टेक्निकल स्कुल (केटीएस) का रोजगारमुखी तालिममा २० देखि ५० प्रतिशतसम्म सहुलियत दिने सम्झौता भएको छ । स्कुलका प्रशिक्षार्थीलाई प्रशिक्षण अवधिभर दुर्घटना बीमाको रक्षवरण गरिएको कम्पनीले जनाएको छ ।
छुट सुविधाका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाएर छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरेर उक्त छ्ट सुविधा लिन सक्नेछन् ।
स्कुलले दिँदै आएको आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउसकिपिङ, बारटेन्डिङलगायत तालिम लिन सक्नेछन् । सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एपमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।