Logo

ग्लोबल आईएमई बैंक–तिलगंगा सिटी आई सेन्टर सम्झौता

काठमाडौं– ग्लोबल आईएमई बैंक र चुच्चेपाटीस्थित तिलगंगा सिटी आई सेन्टरबीच ग्राहकलाई विभिन्न सेवामा १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टर प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अस्पतालले बैंकका डेबिट र क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप प्रयोगकर्तालाई अस्पतालको उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेछ । सेन्टरले बैंकका ग्राहकलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरबाट सिफारिस चस्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट दिनेछ ।

ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्