Logo

कति बढ्लान् चिनियाँ पर्यटक ?

त्यसो त म भविष्य–वेत्ता होइन । त्यसैले चालु वर्ष अर्थात् सन् २०२५ मा उत्तरको छिमेकी देश चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या कति पुग्ला ? किटानीका साथ भन्न सक्ने अवस्था छैन । तापनि सन् २०२४ को तुलनामा सन् २०२५ मा चाहिँ ठूलो पैमानामा चिनियाँ पर्यटक बढ्ने आशा गरौँ ।

त्यसो त सन् २०२४ को तथ्यांक हेर्दा सो वर्ष चिनियाँ पर्यटकको प्रथम रोजाइका देशमा नेपाल प्रथम २० देशभित्र त के ५० औँ नम्बरभित्र पनि परेको थिएन । सो वर्ष चिनियाँ पर्यटकको प्रमुख रोजाइका देशमा थाइल्यान्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, हङकङ, मकाउ, जापान, कम्बोडिया, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत, अमेरिका, जर्मनी, अस्ट्रिया, इटाली, फ्रान्स, पोर्चुगल, रोमानिया, पोल्यान्ड, स्वीडेन, स्पेन, रुस, ग्रिस, युनाइटेड अरब इमिरेट्स (युएई), टर्की आदि थिए ।

जे होस् आशा गरौँ, सन् २०२५ मा उत्तरको छिमेकी देश चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या सन् २०२४ को तुलनामा कम्तीमा ५० प्रतिशतले बढ्नेछ । त्यसो भएमा चालु वर्ष अर्थात् सन् २०२५ मा चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या १ लाख ६०-६२ हजार पुग्नेछ । सन् २०२४ मा १ लाख १ हजार ८ सय ७९ जना चिनियाँ पर्यटक नेपाल घुम्न आएको तथ्यांक छ । त्यसैले मेरो अनुमानमा सन् २०२५ मा चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या त्यति पुग्छ कि भन्ने हो ।

हाल चीनको केन्द्रीय राजधानी बेइजिङमा ‘नेपाल भ्रमण–२०२५’ वर्ष चलिरहेकाले सन् २०२५ मा चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या कम्तीमा ५० प्रतिशतले बढ्ने आशा गर्न सकिन्छ । सन् २०२५ मा चीनबाट नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या कम्तीमा ५० बढ्ने अर्काे आशाको दियो भनेको हालै नेपालको पोखराबाट चीनको छेङ्दुसम्म चीनको हवाई सेवा कम्पनी सिचुवान एयरलाइन्सले हप्तामा एकपटक उडान गर्ने निश्चित हुनु पनि हो । केही समयअघि विभिन्न मिडियामा आएको समाचारमा उल्लेख गरिएअनुसार अहिले नै चीनको विभिन्न क्षेत्रबाट १२ सयभन्दा बढी चिनियाँ पर्यटक पोखरा आउने लाइनमा बसेका छन् । यो क्रम अरू बढ्न सक्ने आशा गर्न सकिन्छ ।

चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित रहेर अध्ययन गर्ने संस्था ‘चाइना आउटबाउन्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोटरी) ले प्रकाशित गरेको एक प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१९ मा १ सय ७० मिलियन चिनियाँ नागरिक पर्यटक भई विश्व घुम्न निक्लिएका थिए भने सन् २०२४ मा चाहिँ १ सय २८ मिलियन चिनियाँ नागरिक विदेश भ्रमणमा निक्लेको ताजा तथ्यांक आएको छ ।

त्यस्तै गरेर सन् २०२८ सम्ममा २ सय मिलियन चिनियाँ नागरिक विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । हुन त चिनियाँ नागरिक, जो पर्यटक भएर विश्व भ्रमण गर्न निक्लने गरेका छन्, तिनीहरू एक दशकभन्दा बढी समयदेखि घुम्न निक्लने विश्वकै धेरै पर्यटकका रूपमा दरिएका छन् । त्यस्तै, चिनियाँ पर्यटक विश्वकै धेरै खर्च गर्ने पर्यटकका रूपमा दरिन थालेको पनि १२ वर्ष भइसकेको छ । त्यही भएर पनि विश्वका प्रायः सबै देशले आ–आफ्नो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि भनेर अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’हरू ल्याउन थालेका छन् । जस्तै कि, यहाँ एक उदाहरण दिनुपर्दा पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले केही वर्ष अघिदेखि चिनियाँ पर्यटकलाई ‘फ्री भिसा’मा आफ्नो देश घुम्न आउन दिने नीति लिएको छ ।

यो पंक्तिकारको विचारमा चाहिँ हामीले धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउनका लागि चीनको ठूला एवम् धेरै जनसंख्या बसोबास गर्ने सहरहरू जस्तै— चोङकिङ, सांघाई, बेइजिङ, छेङ्दु, ग्वाङ्झाओ, सेनजेन, तियानजिन, बुहान, शुझोउ, हार्बिनलगायत सहरमा चीन–नेपाल सीधा हवाई उडानका लागि तुरुन्तै पहल गर्नुपर्ने देखिन्छ । अर्को भनेको हामीले चिनियाँ एयरलाइन्सहरू साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयर, सांघाई एयर, सेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा कम्तीमा हप्ताको एक–एक उडान गराउन पहल गर्नुपर्ने देखिन्छ । अझ सम्भव भएदेखि हप्तामै २०–२२ उडान गर्न सके झनै राम्रो हुन्छ ।

हुन त सन् २००६–०७ देखि नेपालमा उल्लेख्य संख्यामा चिनियाँ पर्यटक आउन थालेका थिए । अब छिट्टै नै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको धेरै संख्यामा भारतीय पर्यटकपछि सधैँ चिनियाँ पर्यटक हुन सक्ने देखिन्छ । नेपालमा सबैभन्दा धेरै चिनियाँ पर्यटक सन् २०१९ मा आएका थिए । सो वर्ष १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, सन् २०१९ को डिसेम्बर अन्तिमतिर विश्वभरि महामारीका रूपमा पैmलिएको कोभिड–१९ पछिको जुन चार वर्षको समय बित्यो, त्यसयता चाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकको संख्या अकस्मात् तेस्रो, चौथो, पाँचौँ, छैटौं स्थानमा झर्‍यो । जबकि सन् २०२४ मा १ सय २८ मिलियन चिनियाँ पर्यटक विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लने प्रक्षेपण गत वर्ष नै चाइनिज आउट बाउन्ड टुरिज्म (कोटरी) ले गरेको थियो । र, सोहीअनुसार सन् २०२४ मा चिनियाँ पर्यटक विश्वका विभिन्न देश घुम्न निक्लेका थिए । ती १ सय २८ मिलियन चिनियाँ पर्यटकको दुई प्रतिशत मात्रै नेपालतर्फ आकर्षित गर्न सकेको भए…?

जे होस्, यस वर्षचाहिँ हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको धेरै संख्यामा भारतीय पर्यटकपछि चिनियाँ पर्यटकलाई फोकस गर्नुपर्छ । किनभने चीन सरकारले नै नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष गाँठको अवसर पारेर चीनमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ मनाइरहेको छ । त्यसैले सन् वर्ष २०२५ मा ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आउनेछन् भनी आशा गर्न सकिने ठाउँ छ । हुन पनि कोरोना महामारीपछि सन् २०२३ मा मात्र बल्ल सन् २०१९ को नजिक पुग्न सफल भयो, विश्व पर्यटनको अवस्था ।
त्यसैले यो पंक्तिकारको विचारमा चाहिँ हामीले आगामी दिनमा धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा भिœयाउनका लागि चीनको ठूला र धेरै जनसंख्या बसोबास गर्ने सहरहरूमा चीन–नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ ।

त्यस्तै अर्को भनेको हामीले चिनियाँ एयरलाइन्सहरूलाई नेपालमा हप्ताको दुई–तीन उडान गराउन पहल गर्नुपर्ने देखिन्छ । अझ सम्भव भएदेखि हप्तामै कम्तीमा २०–२५ उडान गर्न सके झनै राम्रो हुन्छ । तर त्यसअघि हामीले प्रचार–प्रसारमा पनि ध्यान दिनुपर्ने हुन्छ । सन् २००३ को सुरुदेखि मात्रै चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल आउन थालेका हुन् । त्यसो भए तापनि सो वर्ष ७ हजार ५ सय ६२ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको थियो, गएको चार वर्ष (सन् २०२०, २०२१, २०२२ र २०२३ मा) बाहेक ।

त्यसैले गर्दा अबको केही वर्षपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशका नागरिकलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) का रूपमा विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका त्यही चिनियाँ पर्यटक नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरू नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ ।

व्यवस्था जुनसुकै ल्याए पनि, संविधान जति पटक जारी गरे पनि राजनीतिका पात्रहरूको नियत सफा भएन भने विधिको शासन भोग्न पाइँदैन । पुराना दलहरूले आफ्नो शासकीय चरित्र सुधार्न सकेनन् नै । गणतन्त्र स्थापनापश्चात् उदाएका नयाँ दलहरू पनि पुरानै संस्कार र शैलीमा रुमलिएको देखियो ।

प्रतिक्रिया दिनुहोस्