नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा उप्रेती नियुक्त

काठमाडौं- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नियुक्त भएका छन् ।
बिहीबारको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा थिए ।
उप्रेतीको केन्द्रीय बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दाबढि काम गरेको अनुभव रहेको छ भने उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री होल्डर हुन् । हाल उनी राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आबद्ध छन् ।