सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शव दाह गृह निर्माणका लागि आवश्यक सहयोग प्रदान गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शव दाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक कार्यको लागी सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको बताए ।