Logo

दोहोरो अंकले बढेको शेयर बजारमा कारोबार रकम घट्यो

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको दिन कारोबार रकम भने घटेको छ । नेप्से परिसूचक बिहीबार १९.०४ अंकले बढेर २ हजार ६ सय ८८.५५ विन्दुमा कायम भएको हाे ।

बुधबार १० अर्ब ६९ करोडको कारोबार भएकोमा बिहीबार ३ सय १४ वटा कम्पनीका २ करोड २३ लाख कित्ता शेयर ९ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।

बिहीबार बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । बिहीबार बैंक समूहको शेयर झण्डै ४ प्रतिशतले बढेको छ भने होटल समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

बिहीबार ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बिहीबार बाराही हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्