एमजी एस५ लाई फाइभ स्टार सेफ्टी रेटिङ

काठमाडौं– एमजीको विद्युतीय एसयूभी एस५ ले युरो एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टि रेटिङ पाएको छ ।
गाडीले एडल्ट अकुपेन्टमा ९० प्रतिशत, चाइल्ड अकुपेन्टमा ८२ प्रतिशत, सडक प्रयोगकर्ताको सुरक्षाका लागि ८२ प्रतिशत र सेफ्टी असिस्टमा ७८ प्रतिशत नतिजासहित फाइभ स्टार रेटिङ पाएको हो ।
एमजी एस५ ईभीमा अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन र आधुनिक विद्युतीय सवारीप्रेमीका लागि उत्कृष्ट विशेषता रहेको कम्पनीले जनाएको छ । नेपालमा एमजी एस५ ईभी कम्फर्ट र डिलक्स दुई भेरियन्टमा बिक्री गरिँदै आएको छ ।