१७ सय बढ्यो सुनको मूल्य

काठमाडौं- सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १७ सय बढेको छ भने चाँदी ३५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा बिहीबार प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको छ ।