Logo

पोखरामा वर्ड क्याम्प सञ्चालन हुने

पोखरा– वर्ड प्रेस र खुला वेब प्रविधि प्रवर्द्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्ड क्याम्प पोखरा–२०२५ आयोजना गरिने भएको छ । जेठ ३० देखि पोखरामा सुरु हुने दुई दिने सम्मेलनमा नेपालसहित भारत र बंगलादेशबाट पनि सूचना प्रविधि (आईटी) विज्ञ सहभागी हुने आयोजक समिति वल्र्ड क्याम्प पोखरा २५ का उप–प्रमुख ई.पारस देवकोटाले बताए ।

पोखरा इभेन्ट सेन्टर बुलौदीमा हुने वर्ड क्याम्पलाई प्रविधिको महाकुम्भ मेलाका रुपमा लिइएको उनको भनाइ छ । सामुदायिक योगदान, ज्ञान आदानप्रदान र खुला प्रविधिको भावनालाई आत्मसात् गर्दै आयोजना हुँदै आएको उक्त कार्यक्रम विश्वभरका वर्डप्रेसप्रेमीको साझा मञ्च हो ।

पहिलो दिनमा वर्डप्रेसको विकासमा प्रत्यक्ष योगदान दिने अवसर पाउनेछन् भने अनुवाद, डिजाइन, डकुमेन्टेसन, कोडिङ, र प्रयोगकर्ता सहायताजस्ता विविध विधामा सहभागी भएर वर्डप्रेसलाई अझ मजबुत बनाउने कार्य गरिनेछ । सम्मेलनको दोस्रो दिन विभिन्न सत्र, प्यानल छलफल चलाइनेछन् । भारत र बंगलादेशका आईटी विज्ञहरूले विभिन्न विषयमा आ–आफ्ना प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्