धनकुटा औद्योगिक प्रदर्शनी महोत्सव सम्पन्न

धनकुटा–धनकुटामा वैशाख २३ देखि सञ्चालन भएको चौथो अद्यौगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा सञ्चालन गरिएको महोत्सव सोमबार सम्पन्न भएको हो ।
महोत्सवमा धनकुटासहित कोसी प्रदेशका साना तथा घरेलु उद्योगमा उत्पादित वस्तुको प्रदर्शनी तथा बिक्री वितरणका गरिएको थियो । महोत्सवमा स्थानीय खाना परिकार, कृषि उत्पादन, र पर्यटनसँग सम्बन्धित फोटो प्रदर्शनीसमेत गरिएको थियो ।
महोत्सव समापन गर्दै पूर्वमन्त्री तथा संघीय संसद राजेन्द्रकुमार राईले धनकुटाको आर्थिक क्षेत्र चलायमान गर्न महोत्सवले सहयोग गरेको बताए । नेपाल घरेलु उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले महोत्सवले धनकुटा घरेलु उद्योगमा उत्पादित वस्तुको बजारीकरणसहित प्रदेशको पर्यटन वर्षलाई सफल बनाउन सहयोग पुर्याएको दाबी गरे ।